स्यालको टोकाइबाट दार्चुलामा तीन जना घाइते

स्यालको टोकाइबाट दार्चुलामा तीन जना घाइते Ramaroshan
२०८२ श्रावण २७ गते
स्यालको टोकाइबाट दार्चुलामा तीन जना घाइते

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा जंगली स्यालको टोकाइबाट तीन जना स्थानीय घाइते भएका छन्। आइतबार दिउँसो स्यालको टोकाइबाट ब्याँस गाउँपालिका वडा नम्बर ६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएका छन् ।

घाइतेहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल, दार्चुलामा पुगाइएकोमा जिल्ला अस्पतालबाट समेत कैलाली रिफर गरिएको स्थानीय रमेश भट्टले जानकारी दिए । आइतबार दिउसो घर नजिकैको वनमा घास काट्न गएका बेला उनिहरुलाई स्यालले टोकेको स्थानीय केशर सिंह खातीले जानकारी दिए ।