महाकालीमा बेपत्ता दुई बालिकाको अवस्था अझै अज्ञात

महाकालीमा बेपत्ता दुई बालिकाको अवस्था अझै अज्ञात Ramaroshan
२०८२ श्रावण २७ गते
महाकालीमा बेपत्ता दुई बालिकाको अवस्था अझै अज्ञात

कैलाली ।कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।  नदीमा नुहाउने क्रममा हिजो दिउसो साढे एक बजेको हाराहारीमा उनीहरू बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।

एउटै घरमा चार जना नदीमा गएका थिए । दुई बालिका बेपत्ता भएको खबर दुई बालकले घरसम्म पुराएका हुन् । जिल्ला प्रहरी कार्यालय ‘महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ’, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक  बोहराले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले बेपत्ता बालिकाहरू खोजिरहेको छ । तर, अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।