धनगढी,२६ साउन ।कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका ४ पुरैनाताल सामुदायिक वन क्षेत्र नजिकबाट लागुऔषध सेवन गरीरहेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरा बस्ने २७ वर्षीय शङ्कर जैसी र बर्दियाको गेरुवा गाउँपालिका १ थापापुर बस्ने २४ वर्षीय किरण रावल पक्राउ परेका हुन् ।
यी दुबै जनालाई सात ग्राम लागुऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीबाट सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्रराज रावतलाई पक्राउ गरिएको छ । शङ्कास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

