धनगढी,२६ साउन । चर्चित नेपाली फिल्म मोहरका मुख्य कलाकार पल शाहसहित सम्पूर्ण फिल्म टिम भोलि साउन २७ गते मङ्गलबार धनगढीस्थित एसटिएस सिनेमा हलमा उपस्थित हुने भएका छन्।
टिमले दिउँसो १२ बजे र २ः३० बजे दर्शकसँगै बसेर फिल्म हेर्नेछ र फिल्म प्रदर्शनपछि दर्शकहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ। दर्शकले कलाकारसँग प्रत्यक्ष भेटघाट गर्न पाउने भएकाले उक्त अवसरलाई स्मरणीय बनाउन सबैलाई हलमा उपस्थित रहन एसटीएस सिनेमाका म्यानेजर योगेन्द्र नायकले आग्रह गरेका छन्। फिल्म मोहर साउन २३ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको थियो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

