सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व बिहिन

सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व बिहिन Ramaroshan
२०८२ श्रावण २७ गते
सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व बिहिन

धनगढी, २६ साउन/सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व बिहिनमा चलेको छ । निवर्तमान अध्यक्ष निर्माल शाहको २०८१ चैत ७ गते सकिएको हो । अध्यक्ष नहुदा अस्पतालको बिभिन्न नीति, योजना निर्माण गर्न समस्या भैरहेको छ । सुदूरपश्चिमको प्रमुख अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पतालमा नेतृत्व बिहिन हुदा नीति निर्माण देखी नयाँ योजना ल्याउन प्रभावित भएको छ ।

अस्पतालको भौतिक विकास, आन्तरिक र बाह्य व्यवस्थापन गर्दै अस्पतालको गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल विकास समिति गठन हुँदै आएकोमा विगत ४ महिनादेखि सेती प्रादेशिक अस्पताल अध्यक्ष विहीन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताएका छन् । अस्पतालको प्रशासनिक र सेवामा असर भने नपरेको पाण्डेले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रादेशिक अस्पताल चैत ७ गते देखि विकास समितिविहीन भएको छ । अध्यक्षले नीतिगत निर्णय तथा विविध समस्या समाधानका लागि समन्वयात्मक भूमिका गर्ने हो त्यो गठन नहुदा अस्पताल विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने काम प्रभावित भएको निवर्तमान अध्यक्ष निर्मल शाहले जानकारी दिए ।

नेतृत्वविहीन हुँदा समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा समेत अन्योलता भएको छ । अस्पतालको अध्यक्ष हुन सुदूरपश्चिमका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु दौडधुप गर्दै आए पनि प्रदेश सरकारले समिति गठनबारे चासो नदिएको बताइन्छ ।