इजरायल पुगे जोशीका आमा र बहिनी हमासलाई गरिन विपिनको रिहाइको माग

इजरायल पुगे जोशीका आमा र बहिनी हमासलाई गरिन विपिनको रिहाइको माग Ramaroshan
२०८२ श्रावण २८ गते
इजरायल पुगे जोशीका आमा र बहिनी हमासलाई गरिन विपिनको रिहाइको माग

धनगढी,२६ साउन । प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल पुगेका छन्।आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका हुन् ।

इजरायल पुगेर आमाले हमासलाई विपिनको रिहाइ गर्न माग गरेकी छन्।तेल अविवनजिकैको बेन गुरियन विमानस्थलमा उनले पत्रकारहरूसँग भनिन् कृपया मेरो छोरालाई उद्धार गरिदिनुहोस् । हमास, उसलाई अहिले नै घर फर्काउनुहोस्। कृपया, घर ल्याइदिनुहोस्। इजरायलको विमानस्थलमा पुगेपछि आमा र बहिनी भक्कानिएको टाइम्स अफ इजराइलले जनाएको छ ।

आमाको छोटो प्रतिक्रियापछि बहिनी पुष्पाले पनि आफ्नो दाइलाई घर फर्काइदिन आग्रह गरेकी थिइन्।हामी केवल उनलाई फर्काउन चाहन्छौं उनले भनिन् यो हाम्रो परिवारका लागि अत्यन्त पीडादायक भइसकेको छ। झन्डै दुई वर्ष भइसक्यो ।हामी निरन्तर उनको अवस्थाबारे चिन्तित छौं उहाँ के गर्दै हुनुहुन्छ होला, खाना पाइरहनु भएको छ कि छैन,औषधि पाउनु भएको छ। कि छैन ।उनीहरूले इजरायलका राष्ट्रपति इसाक हेर्जोग, परराष्ट्रमन्त्री गिदेओन सारलगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

अध्ययनको क्रममा इजरायलमा रहेका विपिन इजरायल९हमास युद्धको क्रममा ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए। हमासको कब्जामा रहेका उनको रिहाइको लागि सरकारले विभिन्न तबरबाट कूटनीतिक पहल चालेको भए पनि अहिलेसम्म सफल हुन सकेको छैन ।