टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते Ramaroshan
२०८२ श्रावण २८ गते
टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धनगढी,२६ साउन । कैलालीको टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले मंगलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन ।

प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको थियो भने पछि मोटरसाइकललाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।