धनगढी,२७ साउन । सशस्त्र प्रहरी बलले भारतीय नम्बर प्लेटको कन्टेनरलाई कैलालीको धनगढीबाट नियन्त्रणमा लिएको छ। राजस्व अपचलनको आशङ्कामा सशस्त्र प्रहरी एउटा कन्टेनर नियन्त्रणमा लिएको हो।
सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटेको सशस्त्रको टोलीले युपी–३२ एच एन ७२९ नम्बरको कन्टेनरलाई धनगढी उपमहानगरपालिका–२, मिलन चोक क्षेत्रबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनुभयो। उहाँले राजस्व अपचलनमा संलग्न भएको शङ्कामा कन्टेनर नियन्त्रणमा लिइएको बताउनुभयो।
नियन्त्रणमा लिइएको कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ।
यसैगरी, सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१९, खेदास्थित मोहना नदी पारि रहेको गोठ जस्तो छाप्रोको घरबाट २५ लाखभन्दा बढीको भन्सार छलेर भित्र्याइएको कपडा बरामद गरेको छ। बेवारिसे छोडिएको अवस्थाबाट कपडा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

