बडिमालिका सम्मको आवागमनलाई सहज बनाउन मुख्यमन्त्रीको निर्देशन

बडिमालिका सम्मको आवागमनलाई सहज बनाउन मुख्यमन्त्रीको निर्देशन Ramaroshan
२०८२ श्रावण २९ गते
बडिमालिका सम्मको आवागमनलाई सहज बनाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी,२८ साउन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको सहज आवागमनलाई सहज बनाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका सम्मको आवागमनलाई सहज बनाउन निर्देशन दिएका हुन ।

उनले बडिमालिका दर्शन गर्न गएका मध्ये दुई जनाको दुःखद निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै यसै वर्ष भित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राविधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए ।

बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यावाद दिँदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रबिन्दु र पर्यटकीय हिसाबले भू स्वर्ग रहेको बताए । साथै उनले क्षेत्रबाट सङ्कलित काठ बिक्री गर्ने वन पैदावार बोलपत्र आह्वान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनै पनि कार्य टेन्डर मार्फत गर्नुपर्ने बताए ।