धनगढी,२८ साउन । बहुविवाह मुद्दामा फरार कञ्चनपुर र अछामबाट २ जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको २०७५ भाद्र २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ उल्टाखाम ४० वर्षीय शंकर दत्त जोशी पक्राउ परेका छन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाटै पक्राउ गरेको हो।
यस्तै जिल्ला अदालत अछामले २०८१ असार १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकेपछि फरार रहेका अछामको ढकारी गाउँपालिका–३ का २८ वर्षीय बमबहादुर विक पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट पक्राउ गरेको हो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

