कोल्टी बसपार्क सुनसान

कोल्टी बसपार्क सुनसान Ramaroshan
२०८२ भाद्र ०१ गते
कोल्टी बसपार्क सुनसान

 धनगढी,३० साउन । जिल्लाको बुढीनन्दा नगरपालिका–२ मा रहेको कोल्टी बसपार्क अहिले सुनसान बन्दै गएको छ । फागुनदेखि असारसम्म सदरमुकाम मार्तडी–कोल्टी सडक अवरुद्ध भएपछि सो बसपार्क सुनसान बन्दै गएको हो । यस सडक अन्तर्गत बाउलीखोलामा पुल निर्माण तथा जिल्लीको पहिरो सफा नहुँदा लामो समयदेखि घरनजिकबाट बस चढ्ने गरेका यहाँका बासिन्दाले कोल्टीदेखि मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्नु परेको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो ।

सडक गाउँमा पुगे पनि नियमित बस सञ्चालन नहुँदा सास्ती खेप्नु परेको कार्कीले बताउनुभयो ।