कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी तीव्र, स्वाँर र ओझा अध्यक्षमा प्रतिस्पर्धा

कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी तीव्र, स्वाँर र ओझा अध्यक्षमा प्रतिस्पर्धा Ramaroshan
२०८२ भाद्र ०२ गते
कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी तीव्र, स्वाँर र ओझा अध्यक्षमा प्रतिस्पर्धा

धनगढी,३१ साउन । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको तयारीसँगै चुनावी माहोल तातिएको छ। आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानल सहित प्रतिस्पर्धा हुने संकेत स्पष्ट हुँदै गएको छ। संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्कर राज ओझा र पूर्व महासचिव रुपेस स्वाँर अध्यक्ष पदका लागि आमनेसामने हुने लगभग पक्का भएको स्रोतले जनाएको छ। यद्यपि, दुवैले अझै आधिकारिक रूपमा आफ्नो प्यानल घोषणा गरेका छैनन्, तर टिमलाई अन्तिम रुप दिन तीव्र छलफल भइरहेको बुझिएको छ।

अध्यक्ष पदका उम्मेदवार स्वाँरले सचिवालय सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार सुरु गरिसकेका छन्। अर्का उम्मेदवार ओझाले भने औपचारिक घोषणा नगरे पनि आफ्ना समर्थकहरूसँग निरन्तर समन्वय गर्दै टिम निर्माणमा सक्रिय रहेको स्रोतले बताएको छ। व्यवसायिक क्षेत्रका सरोकारवालाहरूले यो निर्वाचनलाई संघको आगामी नीति तथा गतिविधि निर्धारणमा महत्वपूर्ण मानिरहेका छन्। संघमा हाल करिब एक हजारभन्दा बढी सदस्य छन् र विगतका निर्वाचनहरूमा पनि दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने परम्परा रहँदै आएको छ।

सघंको बरिष्ठ उपाध्यक्षका लागी केशव जोशी, ओम बिष्ट, लक्ष्मण पन्त लगायतको दावी छ । यस्तै उपाध्यक्षमा अनिल भुजानिया, राधिका चौधरी, सिद्धराज पनेरु, मनोज अग्रपाल, भिम राज ओझा ९अब्बु०, श्याम जोशीले दावी गरेका छन् ।


महासचिवमा भने दिनेश लम्साल र शुरेस पाण्डेय, सचिवमा प्रकाश चन्द तथा कृष्णा बिष्ट लगायतको दावी छ । कोषाध्यक्षमा तिलक बोहरा, सुरेन्द्र कडायत लगायतले दावी गरेका छन् । उद्दपी उनिहरुले आधिकारिक टिम घोषणा गरेका छैनन् । सघंको बैठकले निर्वाचनका लागि सदस्यता नविकरण भदौ १३ गते सम्म राख्ने निर्णय गरेको थियो । निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा।लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । हाल संघको अध्यक्षमा पुष्पराज कुँवर रहेका छन्। २०७९ जेठ २८ गते कुँवर नेतृत्वमा निर्वाचित कार्यसमितिको तीन बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो।