धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा राष्ट्रिय झण्डा टाँग्ने क्रममा शनिबार साँझ बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा रहेका छन्।
घाइते हुनेमा समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार रहेका छन्। उनीहरूको अवस्था मध्यम गम्भीर रहेको र उपचार भइरहेको जनाइएको छ। कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप स्थानीय किशोरहरूले सार्वजनिक स्थल सजाउने क्रममा दुर्घटना भएको हो। कृष्णजन्माष्टमीको पूर्वसन्ध्यामा भएको यस दुखद घटनाले सम्पूर्ण जयगढ शोकमग्न बनेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

