नेपाल भित्रैबाट यात्रु लिन पाउनुपर्ने भन्दै बनबासा पुलमा भारतीय ट्याक्सी व्यवसायी आन्दोलनमा

नेपाल भित्रैबाट यात्रु लिन पाउनुपर्ने भन्दै बनबासा पुलमा भारतीय ट्याक्सी व्यवसायी आन्दोलनमा Ramaroshan
२०८२ भाद्र ०२ गते
नेपाल भित्रैबाट यात्रु लिन पाउनुपर्ने भन्दै बनबासा पुलमा भारतीय ट्याक्सी व्यवसायी आन्दोलनमा

धनगढी, ३१ साउन ।कञ्चनपुरको बनबासा पुलमा भारतीय ट्याक्सी व्यवसायीले नेपाल भित्रै यात्रु लिन पाउनुपर्ने मागसहित धर्ना दिएका छन्। उनीहरूले माग पूरा नभए नेपाल–भारत मैत्री बस सेवा नै रोक्ने चेतावनी दिएका छन्।

आन्दोलनका क्रममा उनीहरूले नेपाली प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए। प्रशासनले भने अनुमति बिना महेन्द्रनगर बजार क्षेत्रमा भारतीय ट्याक्सी सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको जनाएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सीमामा पहेँलो नम्बर प्लेटका ट्याक्सी रोकिएपछि भारततर्फ व्यवसायी आन्दोलित भएको बताए। उनका अनुसार अनुमति बिना भारतीय ट्याक्सीलाई नेपालभित्र यात्रु बोक्न नदिइने स्पष्ट छ।

ढकालले हाल सीमा नाका बन्द नभएको पनि जानकारी दिएका छन्।