काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० भदौ ४ गते प्रतिनिधिसभामा पेस हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ४ भदौमा शिक्षा विधेयकलाई प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
अनुसार विधेयकको प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगिसकेको छ भने १ भदौमा शिक्षा समितिका सदस्यहरूलाई उक्त प्रतिवेदन अध्ययन गर्न दिने र ४ भदौमा विधेयकलाई प्रतिनिधिसभामा टेबुल गर्ने योजना रहेको छ । उनले भने, ‘जसरी पनि भदौ ४ गते विधेयकलाई प्रतिनिधिसभामा टेबुल गर्छु भनेर लागेको छु । विवादका कुरा लगभग टुंगी सकेका छन् । केही छुटपुट विषयलाई पनि एकरदुई दिनभित्रै सहमति जुटाएर विधेयक टेबुल हुन्छ ।’ सरकारले ९शिक्षा मन्त्रालय०ले साथ दिए उक्त मितिमा विधेयक टेबुल गर्न कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

