भैरहवा : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुना (भैरहवा कारागार)मा रहेका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ।
कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए। अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो।
कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमानमार्फत काठमाडौं लगिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । ४ः४० बजे बुद्ध एयर उडान मार्फत उनलाई काठमाडौं लगिएको हो।
सुरक्षाकर्मीको साथमा उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले बताए।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

