सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बीच समझदारी पत्रमा हस्ताक्षर

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बीच समझदारी पत्रमा हस्ताक्षर Ramaroshan
२०८२ भाद्र ०२ गते
सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी, २ भाद्र/सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बीच विश्वविद्यालयले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कार्यक्रमलाई वासिङ्टन सम्झौता (Washington Accord) अनुसारको मान्यता दिलाउन आवश्यक पहल गर्ने र परिणाममा आधारित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने इन्जिनियरिङ कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन सहयोग पुग्नेछ। यसबाट विश्वविद्यालयका स्नातक गरेका इन्जिनियरहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी पाउन, अन्य मुलुकमा पेशागत लाइसेन्स लिन सहज हुने र उनीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. डा. हेम राज पन्त र नेपाल इन्जिनियरिङ परिषद्को तर्फबाट अध्यक्ष प्रा. डा. पदम बहादुर शाहीले हस्ताक्षर गर्नुभएको थियोे । सम्झौता कार्यक्रममा विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रा. डा.किसनदत्त भट्ट, चिकित्सा शिक्षा संकायका डिन प्रा.डा हेमनाथ जोशी तथा नेपाल इन्जिनियरिङ परिषद्का रजिष्ट्रार धुर्बराज भट्टराई लगायत दुबै पक्षका पदाधिकारीको उपस्थिति रहेको थियो ।