टीकापुर साना सहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा धामी निर्वाचित

टीकापुर साना सहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा धामी निर्वाचित Ramaroshan
२०८२ भाद्र ०२ गते
टीकापुर साना सहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा धामी निर्वाचित

धनगढी।कैलालीको टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा खड्ग धामी निर्वाचित भएका छन्।निर्वाचन समितिले दिएको जानकारीअनुसार अध्यक्षका प्रतिस्पर्धी तीनजना उम्मेदवारलाई पछि पार्दै धामी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।उनले एक हजार २३८ मत पाए।उनी नेपाली काँग्रेसको प्यानलको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए।

संस्थाको नयाँ कार्यसमिति चयनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानलसहितको उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा निर्वाचित धामीका प्रतिस्पर्धी सरिता रावल थापाले ६८६, सिर्जना शर्मा पण्डितले ४४४ र विश्राम थारुले ३८८ मत प्राप्त गरेका छन् ।थापा एमाले, पण्डित माओवादी केन्द्र र थारु नागरिक उन्मुक्ति पार्टीको प्यानलको नेतृत्व गरिरहेका थिए । संस्थामा पण्डित कार्यबाहक अध्यक्ष, थारु कोषाध्यक्ष र थापा सदस्य थिए ।

अध्यक्षमा निर्वाचित धामी पनि संस्थाको सदस्य थिए। यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट सीतादेवी चौधरी, कोषाध्यक्षमा काँग्रेसका हिरासिंह बिष्ट, सचिवमा नेकपा (एमाले)का प्रकाश खड्का विजयी भएका छन् ।

सदस्यमा नेपाली काँग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, नेकपा (एमाले)बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित भउका छन् ।

टीकापुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा खानेपानी सुविधा पुगाउँदै आएको संस्थाको निर्वाचनमा छ हजार ९४० सदस्यहरुमध्ये तीन हजार ५९३ मत खसेको थियो ।