डडेल्धुरामा सुनचाँदी पसलभित्र लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

डडेल्धुरामा सुनचाँदी पसलभित्र लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ Ramaroshan
२०८२ भाद्र ०३ गते
डडेल्धुरामा सुनचाँदी पसलभित्र लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

धनगढी,३ भदौ । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित एक सुनचाँदी पसलबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार साँझ करिब ८ बजे गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागुऔषध सेवन भइरहेको अवस्थामा दुई युवकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिँजापति र सोही स्थानका २१ वर्षीय डार्बिन रावल रहेका छन्। उनीहरूको साथबाट करिब ९० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।