धनगढी,४ भदौ । गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। विशेष अदालतले एक लाख धरौटी माग गरेको हो। सोडारी सोमवार अदालतमा उपस्थित भएपछि उनको थुनछेक भएको थियो। सोडारीले एक लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्।
पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ। सोही बराबरको रकम अख्तियारले बिगो कायम गर्दै मुद्धा दायर गरेको थियो। सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए। भ्रष्टाचार मुद्दापछि उनको प्रदेशसभा सदस्य पद निलम्बनमा छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

