दार्चुलाः हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको आजसम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन्। उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
महिलामा गत साउन तथा पुरुषमा आज मात्रै डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। उनलाई जिल्ला अस्पतालमै राखिएको र स्वास्थ्यमा केही सुधार भएको सूचना अधिकारी भट्टले बताए। जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८१÷८२ मा ३२ जनामा महिला पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुनेमा १४ महिला र १८ पुरुष रहेका थिए।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

