थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै Ramaroshan
२०८२ भाद्र ०८ गते
थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

धनगढी,८ भदौ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् ।

शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अट्ठारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।