खुटिया खोलामा वेपत्ता ४ जना युवा मृत अवस्थामा फेला

खुटिया खोलामा वेपत्ता ४ जना युवा मृत अवस्थामा फेला Ramaroshan
२०८२ भाद्र १२ गते
खुटिया खोलामा वेपत्ता ४ जना युवा मृत अवस्थामा फेला

धनगढी,१२ भदौ ।  कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा वेपत्ता युवा मृत अवस्थामा फेला परेका छन् । नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए।

धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।