प्रेरणाको स्रोत बने गाउँ पालिकाका पुर्ब अध्यक्ष धामी

प्रेरणाको स्रोत बने गाउँ पालिकाका पुर्ब अध्यक्ष धामी Ramaroshan
२०८२ भाद्र १२ गते
प्रेरणाको स्रोत बने गाउँ पालिकाका पुर्ब अध्यक्ष धामी

दार्चुला : १२ भदौ  जिल्लाको मालिकार्जुन गाउँ पालिका वडा नं १ बस्ने रोशनी सामन्त गत बर्श को SEE परिक्षामा 3.22 जिपिए लिएर पास भइन । पास हुनु मात्रै ठूलो कुरो भएन उहाँको पढाई खर्च कसरी हुने भन्ने ठूलो कुरो रहन गयो । खर्च बेहोर्ने कुनै साहार भएन ।

बुवा आज भन्दा १० बर्ष अगाडी गाडी दुर्घटनामा बित्नु भयो । आमाले केही समय साहारा दिए पनि उहाँले नि छोडेर जानू भयो । अहिलेको उन्को साथ कुनै मान्छेको साहारा छैन । अहिले HM, नर्सिङ पढने इच्छा छ तर स्रोत भने केही छैन । संगैका साथिहरुले कलेज भर्ना गरि सके आफ्नो भने बेहाल रहेको रोशनी साम्न्त बताउछिन ।

साहारा बिहिनहरुको साहारा बने पुर्ब गाउँ पालिका अध्यक्ष नरेन्द्र धामी

 

घर परिवार आफन्तलाई खबर गर्न नि सहयोग गर्ने कोइ नभए पछि । उन्को दिमागमा हाम्रो मालिकार्जुन गाउँ पालिकाको पुर्ब अध्यक्ष हुनुहुन्छ । समाजिक संजाल फेसबुकमा आर्थिक सहयोग गरेको पनि देखिन्थ्यो । आज उहाँ लाई फोन गर्नु पर्यो भन्ने सोचेर रोशनी सामन्त गाउँ पालिकाका पुर्ब अध्यक्ष नरेन्द्र सिंह धामीलाई फोन गर्छिन । फोन्मा त्यति राम्रो चिनजान पनि भएन ।

डरै डरले फोन गरे फोनमा सबै बृतान्त बताए, मैले कुरो गरिसके पछि धामीले मेरो हातबाट हुने सहयोग पुर्ण हुन्छ चिन्ता नगर्नु भन्ने आसा दिनु भयो । आजभोलि चाड पर्बको नि बेला भएकोले सबै आआफ्नो काममा ब्यस्त थिए ।

आजभोलि चाड पर्बको नि बेला भएकोले सबै आआफ्नो काममा ब्यस्त थिए ।

मेरो पढने धोको पुरो हुन्छकी हुदैन भन्ने मलाई नि चिन्ता थियो । मैले फोनमै पुर्ब अध्यक्ष धामीलाई १० गते भेटने कुरो गरे ।

उहाँले पनि सहमति जनाउनु भयो । भन्नेकै दिन १० गते हाम्रो भेट ग्रान्डी अस्पतालको अगाडि हुन्छ । हामीहरुले चिया गफ गर्दै कुरो कानी अगाडी बढाए । कुरो हुँदै थियो नरेन्द्र धामी जि को अरु कुनै अर्कै मान्छेको फोन आयो उहाँले म अहिले दार्चुलाबाट आएकी मेरो बहिनी शीत छु । उहाँको आर्थिक अवस्था निकै नाजुक छ भनेर कुरो सुनाउदा ती नानिको समस्या केहो हामीहरुले के गर्नु पर्छ भनेर धामीलाई प्रश्न गरिन्छ । अध्यक्ष धामीले पनि सबै कुरो उहाँ लाई बताउनु भयो । अब तपाईं चिन्ता नलिनु उहाँलाई निशुल्क पढने ब्यबस्थापन हामी गरौंला भन्नू तर ती नानिको सबै कागजात चाहिन्छ । बुवाको मृत्यु दर्ता वडा कार्यालयको सिफारिस लिएर आउनु ।

 

सबै कागजात तयार नभएकोले मालिकार्जुन गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष रमेश बोहरलाइ फोनबाटै वडाको सिफारिस बनाइदिन आग्रह गरेको धामी बताउँछन । वडाको सिफारिस लगेर धामी र सामन्त यहि भाद्र ११ कलेजमा जान्छन । चाबेल बिनायक कलेजका प्रधानाध्यापक श्री राम सिमखडाले उक्त नानिको HM पढने धोको पुरा गरेको पुर्ब अध्यक्ष धामीले बताए ।

 

अहिले उक्त नानी रोशनी सामन्तको साहारा मालिकार्जुन गाउँ पालिकाका नरेन्द्र सिंह धामी भएकाछ्न । कलेज भर्ना भइ सकेपछि रोशनी सामन्तले आफ्नो फेसबुक पेजमा लेखेकी छिन ।

आदरणीय narendra Dhami ज्यू मेरो शिक्षामा साथ र सहयोग दिनुभएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंको सहयोग, प्रोत्साहन र मार्गदर्शन बिना मेरो पढाइ सहज हुने थिएन। तपाईंले देखाउनुभएको विश्वासले मलाई अझ कडा मेहनत गर्न प्रेरणा दिएको छ।

तपाईंले गर्नु भएको सहयोगलाई म सधैं सम्झिरहनेछु। भविष्यमा तपाईंको आशा अनुरूप राम्रो अध्ययन गर्नेछु भन्ने वाचा गर्दछु। फेरि पनि धेरै धेरै धन्यवाद!

उहाँको यो करुणा दायि लेखाइले अहिले उहाँको घर परिवार लगायत सबैलाई खुसी मिलेकोछ ।