अछाम, भदौ १२ गते । गोठालो गएको अवस्थामा नुहाउने क्रममा बुधबार एक किशोरी कर्णाली नदीमा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–१, रहफको कोटवाडा निवासी १६ वर्षीया कल्पना शाही रहेकी छन् ।
घरबाट गाईगोरु चराउन घाटखेत गएको बेलामा कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जानकारी आएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । कर्णाली नदीमा बेपत्ता भएकी कल्पनाको प्रहरी चौकी रहफका प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय कमल बजारमा प्रहरी निरीक्षक हर्षबहादुरकाे नेतृत्वमा थप टोलीहरू समेत परिचालन गरिएको खनालले जानकारी दिनुभयो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

