बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी

बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी Ramaroshan
२०८२ भाद्र १५ गते
बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी

बाजुरा। बाजुराको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ।निर्माण भएको झण्डै ४५ वर्ष वर्षपुग्दासम्म विस्तार हुन नसकेको कारागारमा कैदी भने बढ्दै गएका छन्।कैदीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा सकस भएको कर्मचारीको भनाइ छ।

बाजुरा कारागारको क्षमता जम्मा २५ जनाको भए पनि अहिले ६५ जना कैदी बन्दी राखिएको बाजुरा कारागारका प्रशासक अनिलकुमार तिवारीले बताए ।

उनले भने, “राख्नुपर्ने २५ जना हो तर ६५ जना कैदी राख्दा उनीहरुलाई सुत्न र बस्न निकै समस्या भएको छ ।’ कैदी बन्दीलाई मात्र नभएर क्वार्टर नहुँदा सुरक्षाकर्मीसमेत समस्यामा छन्।

प्रशासक तिवारी नयाँ भवनका लागि टेन्डर भइसकेकाले अब सहज बन्ने विश्वास व्यक्त गर्नुहुन्छ।उनले भने, ‘भवन निर्माणको काम अब सुरु हुँदैछ।नयाँ बन्ने कारागार भवन सय बन्दी राख्ने क्षमताको हुनेछ ।’