हामी सबै लागेर शान्ती सुरक्षा कायम गर्नुपर्छ: प्रहरी प्रमुख चन्द

हामी सबै लागेर शान्ती सुरक्षा कायम गर्नुपर्छ: प्रहरी प्रमुख चन्द Ramaroshan
२०८२ भाद्र १६ गते
हामी सबै लागेर शान्ती सुरक्षा कायम गर्नुपर्छ: प्रहरी प्रमुख चन्द

धनगढी, १६ भदौ  /  जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी नरेन्द्र चन्द आएका छन् । चन्दले आज पत्रकार सँगको परिचयात्मक कार्यक्रम जिल्ला भरी रहेका आम समस्या र गुनासाहरुमा केन्द्रित रहेर काम गर्ने बताए ।

खुला सिमानाका कारण कैलालीमा लागु पदार्थ ओसार-पसार , भन्सार छलिका समस्यालाई समाधान गर्न प्रहरीको तर्फबाट सके जति प्रयास गर्ने बताए । उनले लागु पदार्थ दूव्र्यसनलाई रोक्न अभिभावक , विद्यालयको पनि ठुलो भूमिका रहेकाले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख चन्द सहित प्रहरी नायव उपरीक्षक राज कुमार सिंह , नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका पदाधिकारी, नेपाल पत्रकार महासंघ कैलालीका पदाधिकारी, राष्ट्रिय, स्थानीय स्तरमा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।