धनगढी,१७ भदौ । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकैबारीमा जङ्गली जनावर मार्न थापिएको विद्युतिय पासोमा परेर भट्टको मृत्यु भएको हो । पार्वतीलाई करेन्ट लागेको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको प्रवक्ता पाण्डेयले बताउनुभयो ।
मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

