धनगढी ।कैलालीको गेटा अस्पतालमा अनशन बस्नु भएका डा. गोविन्द केसीले शरीरमा ग्लुकोजको मात्रा न्यून भएपछि अनशन तोड्नु भएको छ। तीन दिनदेखि अनशनरत उहाँले मङ्गलबार अनशन तोड्नु भएको हो। अनसन तोडे लगत्तै केसीलाई अस्पताल भर्ना गरिएको छ।
अनशन तोड्नु अघि ग्लुकोज चढाउन नमान्नु भएका डा. केसीको शरीरमा ग्लुकोजको मात्रा २७ मा झरेको थियो। शरीरमा ग्लुकोजको मात्रा यति न्यून हुनु खतरा रहेको डा. केसीका सहयोगी अमृत जैसीले बताउनुभयो।
उहाँले ग्लुकोजको मात्रा घटेर शरीरमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो। जैसीका अनुसार मुटुको चालमा गडबडी, मांशपेशी बाउडिने, रिङ्गटा लाग्ने जस्ता समस्या देखिएको थियो।
गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्ने, निजी मेडिकल कलेजमा विद्यार्थी सिट सङ्ख्या बढाउने सरकारी निर्णय फिर्ता हुनु पर्ने, मेडिकल शिक्षालाई गैरनाफामुखी बनाउनु पर्ने लगायतका मागसहित डा. केसी २३ औं पटक अनसन बस्नु भएको थियो।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

