विद्यालयबाट चितुवाको सकुशल उद्धार

विद्यालयबाट चितुवाको सकुशल उद्धार Ramaroshan
२०८२ भाद्र १९ गते
विद्यालयबाट चितुवाको सकुशल उद्धार

धनगढी,१९ भदौ ।  कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ५ मा रहेको टिकापुर बहुप्राबिधिक विद्यालयको परिसर बाट हिजो चितुवाको सकुशल उद्धार गरिएको छ ।

चितुवा विद्यालयको परिसरमा भित्र छिरे पछि स्थानीयहरूले सब डिभिजन वन कार्यालय टिकापुरलाई जानकारी गराएको थियो । डिभिजन वन कार्यालय पहलमानपुरले चितुवा आयको खबर पाउने बित्तिकै विद्यालय परिसरमा चितुवाका लागि फलामको खोर (ट्र्यापिङ्ग ) थापेको थियो , ट्र्यापिङ्ग थापेको झन्डै १० दिन पछि चितुवा त्यो खोरमा गएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए ।

चितुवाको ट्रयापिङ्गमा परेको खबर पाए पछि उद्धारको लागि वन कार्यालय सङ्ग प्राविधिक टिम नभएकोले बर्दिया राष्ट्रिय निकुञ्ज बाट प्राविधिक टिमलाई खबर गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कँडेलले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज बाट आयुश महर्जनको नेतृत्वमा आएको प्राविधिक टोलीले, सब डिभिजन वन कार्यालय टिकापुरको टिम ,नेपाल प्रहरीलेको संयुक्त टोलीले चितुवाको जिउँदै सकुशल उद्धार गरिएको सब डिभिजन वन कार्यालय टिकापुरका प्रमुख वन अधिकृत दिलीप कुमार यादवले जानकारी दिए । उद्धार गरिएको जिउँदो चितुवालाई हिजो राती नै सुरक्षित वासस्थान बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।