धनगढी,१९ भदौ ।बाढी र डुबानका कारण विस्थापित भएकाहरुमध्ये ४२ परिवार घर फर्किएका छन् । नदीहरुमा बहाव घटेपछि उनीहरु घरभित्रको लेदो र पानी पन्छाएर घर फर्किएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ परिवार, सोही नगरपालिका १० को शान्ति टोलका १२ परिवार र भीमदत्त नगरपालिका ११ भुजेलाका ५ परिवार घर फर्किएका हुन् ।
जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि विस्थापित भएका दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लाका १५ परिवार भने अझै पनि विद्यालयमै बसिरहेका छन् । बाढीले घरभित्र लेदो भरिएका कारण तत्काल घर फर्किने अवस्था छैन । लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका ५२ र भीमदत्त नगरपालिकाका ५ गरि ५७ परिवार विस्थापित भएका थिए । यसैगरी, दोधारा चाँदनी नगरपालिकामा रहेका सशस्क प्रहरीका दुई वटा बीओपीसमेत विस्थापित भएका थिए ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

