सिभिल अस्पतालमा घाइतेको भीड, एम्बुलेन्स पठाउन अन्य अस्पताललाई सिभिलको आग्रह
काठमाडौं- जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि धेरै प्रदर्शनकारी घाइते भएका छन्। सिभिल अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।
सबैको उपचार गर्न अस्पताल असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरिएको छ।
अस्पतालमा कार्यरत एक चिकित्सक डा सुवास बन्जाडेले डेढ सय भन्दा बढी घाइतेको उपचार भइरहेको बताए।
उनले अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको बताए। अन्य अस्पतालमा घाइतेलाई लैजानका लागि एम्बुलेन्सको लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा दिपक पौडेलका अनुसार एकजना घाइतेको मृत्यु भइसकेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

