जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै Ramaroshan
२०८२ भाद्र २३ गते
जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो ।
ट्रमा प्रशासनका अनुसार उनीहरुको जाँच हुनुका साथै उपचार भइरहेको छ ।

यस्तै, अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेका घाइतेको संख्या यकिन नभएको अस्पताल स्रोतले जनाएको छ ।

सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।