काठमाडौँमा भएको 'जेन जी' प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौँमा भएको 'जेन जी' प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो Ramaroshan
२०८२ भाद्र २३ गते
काठमाडौँमा भएको 'जेन जी' प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमान्डौं, २३ भदौ / काठमाडौँमा भएको 'जेन जी' को प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

घाइते यकिन विवरण भने प्राप्त भइसकेको छैन । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

यद्यपि आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।