प्रधानमन्त्रीले पद छाड्नुपर्छ:गगन थापा

प्रधानमन्त्रीले पद छाड्नुपर्छ:गगन थापा Ramaroshan
२०८२ भाद्र २४ गते
प्रधानमन्त्रीले पद छाड्नुपर्छ:गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस सरकारमा बस्न नहुने बताएका छन्। उनले जेनजी पुस्ताको प्रदर्शनमाथिको दमनका कारण अब कांग्रेस एकदिन पनि सरकारमा साक्षी र साझेदारका रूपमा रहन नसक्ने बताएका हुन्।

उनले कांग्रेस सरकारबाट बाहिरिनुपर्ने जनाएका छन्। ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’ थापाले भनेका छन्।