काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन्।
उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने समेत बताएका छन् । उनीहरुले प्रहरी प्रशासनविरुद्ध समेत नारा लगाइरहेका छन् ।
मंगलबार बिहानैदेखि प्रशासनले कर्फ्यू लगाएको छ । तर, कडा सुरक्षाका बीच जनेजी प्रदर्शनकारी सडकमा निस्किएका छन् ।
नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा भेला भएका प्रदर्शनकारीले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। उनीहरुले विद्यार्थीको रगतको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन्।
सोमबार भएको जेनजी प्रदर्शनमा भएको प्रहरी दमनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको छ । २ सय बढी घाइते छन् ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

