धनगढी,२४ भदौ ।आन्दोलनरत जेनजीहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । उनीहरूले सरकारको दमको विरोधमा आज बिहान मुख्यमन्त्री कार्यालय घेरेका हुन्। कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन अहिले मुख्यमन्त्री कार्यालय पुगेको हो।
उनीहरुले हाम्रो साथी फिर्ता देउ भन्दै नारावाजी गरिरहेका छन्। उनीहरुले धनगढीको मुख्य सडकमा पनि आवागमन ठप्प पारेका छन् । रातोपुलदेखि प्रदेश प्रहरी कार्यालयसम्म आवागमन ठप्प रहेको छ। सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार बेथितिविरुद्ध जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

