कञ्चनपुरमा जेनजीको आन्दोलन : सरकारी र दलका कार्यालयमा ढुंगामुढा र आगजनी
धनगढी,२४ भदौ । जेनजीका युवाहश्रले कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन्। महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन्। यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन्।
दुवै पार्टी कार्यालय परिसरमा टायर बालेर आगो लगाउने कोसिस भएको छ। भीमदत्त नगरपालिका मूल प्रवेशद्वारमा ढुङ्गामुढा गरिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर कञ्चनपुरका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन्। आन्दोलनमा सरकारी दमनमा सोमबार १९ युवा मारिएपछि श्रद्धाञ्जली अर्पण गर्दै यातायात सेवा बन्द गरिएको हो। शैक्षिक संस्था र बजार पनि बन्द गरिएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

