प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील Ramaroshan
२०८२ भाद्र २४ गते
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीसहित देशका विभिन्न भागमा हिजो भएको प्रदर्शन र त्यसपछि देखिएका घटनाप्रति दुःख प्रकट गर्दै संयमित हुन नागरिकलाई अपिल गरेका छन्।

प्रधानमन्त्रीले सोमबार जारी अपिलमा भनेका छन्, ‘कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा हुँदैन। शान्तिपूर्ण तथा संवादकै माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।’

उनी अहिले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्दै संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरिएको जानकारी दिएका छन्।


अपीलमार्फत् प्रधानमन्त्री ओलीले सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई यो विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन्।