धनगढी । बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमबार साँझ कारागार तोडफोड गरी फरार भएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति ८ः३० बजेतिर कैदीबन्दीले कारागारमा आगजनी र तोडफोड गर्दै गेटको ताला तोडी भागेका हुन् । कारागारमा रहेका ६२ जना कैदीबन्दी सम्पूर्ण फरार भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘बन्दीगृहभित्र दिउँसोदेखि नै सुरु भएको आगजनी र तोडफोड नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले घण्टौँ प्रयास गरे तर सफल हुन सकेन्न ।”
घटनापछि प्रमुख जिल्ला अधिकारी पौडेलसहित सुरक्षाअधिकारीको टोली कारागार परिसर पुगेको छ । फरार कैदीबन्दीको खोजतलासका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

