जङ्गीअड्डा अगाडि कार्कीको नेतृत्वको विरोधमा युवाहरु आन्दोलित

जङ्गीअड्डा अगाडि कार्कीको नेतृत्वको विरोधमा युवाहरु आन्दोलित Ramaroshan
२०८२ भाद्र २६ गते
जङ्गीअड्डा अगाडि कार्कीको नेतृत्वको विरोधमा युवाहरु आन्दोलित

काठमाडौं।अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने प्रयासको विरोधमा केही युवाहरु आन्दोलनमा उत्रिएका छन्।नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि प्रदर्शन गर्दै उनीहरुले कार्कीलाई सरकार प्रमुख बनाउनु नहुने माग गरेका हुन्।

साथै, त्यहाँ उपस्थित भारतीय मिडियाहरुप्रति आक्रोश व्यक्त गर्दै ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी समेत गरेका छन्।सेनाले युवाहरुलाई क्षेत्रबाट हटाउने प्रयास जारी राखेको छ।