कञ्चनपुर कारागारबाट फरार कैदीबन्दीमध्ये १२४ फिर्ता, अझै ३५५ फरार

कञ्चनपुर कारागारबाट फरार कैदीबन्दीमध्ये १२४ फिर्ता, अझै ३५५ फरार Ramaroshan
२०८२ भाद्र २७ गते
कञ्चनपुर कारागारबाट फरार कैदीबन्दीमध्ये १२४ फिर्ता, अझै ३५५ फरार

धनगढी । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म १२४ जनालाई फिर्ता ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, आज मात्रै १०३ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाइएको छ। केही कैदी आफैं कारागारमा फर्किएका छन्।

उनका अनुसार, २१ जना कैदी फरार नभएका छन् भने ३५५ अझै फरार रहेका छन्। कारागारमा हाल चार सय ७९ कैदीबन्दी थिए, जसमा ४५३ पुरुष र २६ महिला रहेका थिए। सबैभन्दा बढी १६९ जना लागुऔषधसम्बन्धी मुद्दामा कैदीबन्दी छन्।