काठमाडौँ । पछिल्ला हिंसात्मक घटनापछि संयुक्त राष्ट्रसङ्घ, भारत, चीन र अन्य मित्र राष्ट्रहरूले नेपालमा शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली नागरिकको ज्यान जाने घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको अपील गरेका छन्। उनले सबै पक्षलाई संयम अपनाउन र रचनात्मक संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्। साथै, नेपाल सरकारलाई मानवअधिकार कानुनको पूर्ण पालनामा जोड दिएका छन्।
छिमेकी भारत र चीनले पनि नेपालमा शान्तिपूर्ण माध्यम बाहेक अन्य विकल्प नरहेको उल्लेख गर्दै घटनालाई नजिकबाट नियालिरहेको बताएका छन्। भारतले नेपाली(भारतीय नागरिकलाई सतर्क रहन सुझाएको छ भने चीनले समस्या आफैं समाधान गर्ने विश्वास व्यक्त गरेको छ।
अमेरिका, अस्ट्रेलिया, युरोपेली संघ र अन्य मित्र राष्ट्रका दूतावासहरूले पनि हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले सबै पक्षलाई संयम अपनाएर नागरिकका मौलिक अधिकारको रक्षा गर्न र शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

