धनगढी। कर्फ्यू खुकुलो भएपछि कैलालीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ।
स्थानीय प्रशासनले कर्फ्यू खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो।
प्रशासनले अत्यावश्यक सेवा, कार्यको लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न दिएको छ।
त्यस्तै, अवस्थालाई मध्यनजर गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, साँझ ७ बजेदेखि ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने छ।
प्रशासनले तीन जनाभन्दा बढी समूह बनाएर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ।
नवपुस्ता (जेनजी) आन्दोलनको कारण उत्पन्न असज परिस्थितिले जनजीवन कठिन बनेको थियो। यसैगरी, परिस्थितिलाई थप बिग्रिन नदिन र शान्ति सुरक्षा कायमका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। पछिल्लो समय विस्तारै अवस्था सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
प्रशासनले कर्फ्यू खुकुलो बनाएपछि शुक्रबार बिहानैदेखि मान्छेको निर्वाध आवतजावत भएको थियो।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

