दार्चुलाको दुहु गाउँपालिका– ३ को वडा कार्यालयमा अज्ञात समूहद्धारा आगजनी
धनगढी । जिल्लाको दुहु गाउँपालिका–३ को वडा कार्यालयमा आगजनी गरिएको छ । बिहीबार राति अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको वडाध्यक्ष देवबहादुर बमले बताए ।
वडाध्यक्ष बमका अनुसार आगजनीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । स्थानीयहरुले बिहान आगो नियन्त्रणमा लिने प्रयास गरे पनि कार्यालयमा रहेका सबै सामानसहित कागजपत्र जलेका उनले बताए ।
आगजनीबाट वडा कार्यालयका फर्निचर, कागज पत्र, सिलाई मेशिन, कम्प्युटर लगायत काठका झ्याल ढोका जलेर नष्ट भएका छन् । उनले आगजनीबारे प्रहरीलाई पनि जानकारी गराएको बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

