सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
काठमाडौं / पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। शीतल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।
स्रोतका अनुसार कार्कीको शपथ आजै राति ९ बजे हुने भएको छ।
छलफलमा संसद् विघटन गर्ने सहमति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी गरेका हुन्।
उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। बैठकको सिफारिसमा राष्ट्रपतिले संवैधानिक विशेषअधिकारअनुसार संसद् विघटन गर्ने स्रोतले जनाएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

