बालगृहबाट भागेका बालक अछाममा पक्राउ

बालगृहबाट भागेका बालक अछाममा पक्राउ Ramaroshan
२०८२ भाद्र २८ गते
बालगृहबाट भागेका बालक अछाममा पक्राउ

 धनगढी,२८ भदौ ।डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ । 

डोटी बालगृहबाट सोमबार भागेका किशोरलाई साँफेबगर प्रहरी चौकीले सोही ठाउँको हाटबजारबाट नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । 

दार्चुला ठेगाना भएका १६ वर्षीय किशोर कर्तव्य ज्यान मुद्दामा डोटी बालगृहबाट भागेर साँफेबगर पुगेका थिए । साँफेबगरमा हिँडिरहेको बेलामा प्रहरीले शङ्का मानेर सोधपुछका क्रममा नियन्त्रण लिइएको बताइएको छ । 

नियन्त्रणमा लिइएका किशोरलाई बाल सुधार गृह डोटीमा बुझाइ सकिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाको भनाइ छ ।