बैतडीमा काकीको हत्या, पाँच बालबालिका असहाय

बैतडीमा काकीको हत्या, पाँच बालबालिका असहाय Ramaroshan
२०८२ भाद्र २८ गते
बैतडीमा काकीको हत्या, पाँच बालबालिका असहाय

बैतडी। बैतडीको सिगास गाउँपालिका-२ गाजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तान बिचल्लीमा परेका छन्।

चार वर्षअघि जन्डिसका कारण श्रीमान् गुमाएकी बेलमतीलाई गत भदौ २२ गते राति सुतेकै अवस्थामा उनका भतिजो यज्ञ धामीले बन्चरो प्रहार गरी हत्या गरेका हुन्।यज्ञलाई जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएको छ।

बेलमतीको घर गाउँदेखि टाढा पिडेगोदा भन्ने एकान्त स्थानमा रहेको छ। यज्ञ हुलाक कर्मचारी हुन्।

उनका एक छोरा र एक छोरी छन् भने उनकी श्रीमती केही वर्षदेखि दुबईमा काम गरिरहेकी छिन्।स्थानीयका अनुसार केही दिनदेखि यज्ञको मानसिक अवस्था कमजोर थियो। उपचारका लागि उनी हालै धनगढी गएर फर्केका थिए।