कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीको राजीनामा फिर्ता

कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीको राजीनामा फिर्ता Ramaroshan
२०८२ भाद्र २८ गते
कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीको राजीनामा फिर्ता

कैलाली, २८ भदौ / कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीले केही दिनअघि दिएकाे राजीनामा फिर्ता लिएका छन्।भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा चौधरीको घरमा तोडफोड तथा आगजनी भएको थियो।

त्यतिबेला उनलाई राजीनामा दिनुपर्ने दबाब मात्र नभई ज्यान मार्ने धम्की समेत आएपछि उनले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष र पार्टी सदस्य पद दुवैबाट राजीनामा दिएको घोषणा गरेका थिए।

तर, गाउँपालिका भित्र सार्वजनिक तथा निजी सम्पत्ति संरक्षण गर्ने, गाउँसभा सदस्य र राजनीतिक दलहरूबाट राजीनामा फिर्ता लिन आग्रह भएको भन्दै उनले आज विज्ञप्ति जारी गरी राजीनामा फिर्ता लिएको जानकारी दिएका छन्।

अध्यक्ष चौधरीले गाउँपालिकाको नियमित कामकारबाही अघि बढाउन सबै कैलारीबासीसँग सहयोग र समन्वयको लागि आग्रह गरेका छन्।