कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण, एक व्यक्ति घाइते

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण, एक व्यक्ति घाइते Ramaroshan
२०८२ भाद्र २९ गते
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण, एक व्यक्ति घाइते

धनगढी,२९ भदौ । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका-१ झरना सागर सामुदायिक वन नजिकै सोही ठाउँका ४७ वर्षीय डम्बर विष्ट हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। “चान्देउबाट साइकलमा बेलडाँडी आउँदै गरेका विष्टलाई जङ्गली हात्तीले आक्रमण गरेको हो”, उनले भने।

मध्यवर्ती क्षेत्र नजिकै हात्तिले उनलाई आक्रमण गरेको हो। घाइते विष्टलाई नेपाली सेना र स्थानीयको सहयोगमा उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।